तोलामा पाँच सयले घट्यो सुनको मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

 

काठमाडौँ, ७ भदौः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला रु एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ । विहीबार प्रतितोला रु एक हजार आठ सय ३०मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार आठ सय १५ निर्धारण भएको छ । ---

 (रासस)

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।